काठमाडौँ। दोश्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलीबाट संचालनमा आउने भएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले चलचित्र भवनहरु सुरक्षा मापदण्ड अपनाएर संचालन गर्न दिने निर्णय गरेको हो । साढे ४ महिनापछि संचालनमा आउन लागेका हलहरुले सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।










