काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रिटमा त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ ।
रिट आज सर्वोच्चमा दर्ता भएको र आइतबार यसको पेशी तोकिएको पोखरेलले जानकारी दिए । नेपाली कांग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४औं महाधिवेशन प्रक्रिया सुरु गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।










