नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो गतिविधि र चरित्रप्रति असन्तुष्ट जनाउँदै सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं २ मा एमाले महिला नेत्रीसहित करिब ६ दर्जन कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेको छ ।
शनिबार एक कार्यक्रमबिच एमाले नेत्री बबिता योञ्जन‚ पूर्व काठमाण्डौ जिल्ला भूगोल विद्यार्थी नेता तथा वर्तमान एमाले सम्पर्क मञ्चका नेता आशिष योञ्जनलगायत करिब ७० जना एमाले र माओबादीबाट काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई काङ्ग्रेसका पूर्व शिक्षामन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले खादा लगाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि नेत्री योञ्जनले भनिन्‚‘जिल्ला लगायत नेपाल‚ नेपाली समाजको विकास‚ स्तरोन्नति‚ शिक्षित समाज निर्माणका निमित्त प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकी हुँ ।’
यसैगरी पार्टी प्रवेश कार्यक्रममा पुर्वमन्त्री मोहनबहादुर बस्नेत‚ बागमती प्रदेश सांसद छिरिङदोर्जे लामा, जिल्ला सभापति विकास लामा, नेता सोनम योञ्जन‚ काठमाडौँ जिल्ला नेता दिपक रिजाल, नेता तिर्थ लामा काठमाडौँ जिल्ला नेता शम्भुप्रसाद
आधिकारी लगायतको उपस्थिति रहेका थिए ।










