होमपेज » हेडलाइन » देशैभरि आज कांग्रेसको १४औं महाधिवेशनको रौनक

देशैभरि आज कांग्रेसको १४औं महाधिवेशनको रौनक

शुक्रबार, १८ भाद्र २०७८, १०:३६

काठमाडौं । नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको रौनक आजदेखि सुरु भएको छ । आजदेखि देशभरिका ५६ जिल्लामा वडा अधिवेशनको सुरुवात हुँदैछ । ५६ जिल्लाका ५० प्रतिशत वडाहरूमा आजै अधिवेशन सकिने नेताहरूले बताएका छन् । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता विवाद नटुङ्गिएका कारण ती जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन ।

 

नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यताको नामावली पुगेका ५६ जिल्लाका वडाहरूमा आज वडा अधिवेशन हुनेछ । निर्वाचन अधिकृतहरू खटाइएका ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन हुने ।

 

हरेक जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृतले सबै वडामा एक–एक जनाका दरले मतदान अधिकृत खटाइने भएको छ ।

 

आज ५० प्रतिशत बढी जिल्लामा वडा अधिवेशन हुने यादवको दाबी छ । केही वडामा हिजो नै सर्वम्मतरुपमा अधिवेशन सम्पन्न भइसकेको उनले बताए ।