काठमाडौं । २४ घन्टामा आज १८९७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ हजार ९७९ जनामा परीक्षण गर्दा एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा एक हजार ७४३ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या सात लाख २८ हजार ९२८ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९४ दशमलब ६ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १० हजार ८५८ पुगेको छ ।
हाल नेपालमा ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् । देशभर ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ वटा रहेका छन् ।










