नुवाकोट। नेपाली कांग्रेस शिवपुरी गाउँपालिका वडा नं. ६ को वडा सभापतीमा माधव प्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार शिवपुरी गाउँपालिकाको वडा नं. ६ मा वडा अधिवेशन सम्पन्न भएको हो। कार्यसमितिको उपसभापतीमा राजु तामाङ र सन्तकुमार तामाङ, सचिवमा लेकेन्द्र बहादुर आचार्य र चतुरमान तामाङ, सह सचिवमा झिल्के तामाङ र केशव थापा निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा राम बहादुर तामाङ र सदस्यहरुमा सुरत बहादुर बुढाथोकी, भारती भण्डारी, देवकी बखती लोहनी, कान्छी तामाङ, अभियान आचार्य, दिल बहादुर तामाङ, राजु लामा, दिनेश कुमार तामाङ, रमेश पाठक, रिता थापा, झलके तामाङ, रमिला तामाङ, कमल तामाङ र श्याम बहादुर तामाङ, राजु परियार निर्वाचित भएका छन् ।
त्यसैगरी उक्त वडा अधिवेशनबाट १६ जना क्षेत्रीय प्रतिनिधिलाई पनि चयन गरेको छ। क्षेत्रीय प्रतिनिधिहरुमा रामकृष्ण थापा, लक्ष्मणराज थापा, लाल बहादुर तामाङ, पुरुषोत्तम बस्नेत, दवाङ तामाङ, अर्जुन सिं महत, सुरेन्द्र थापा, चिरञ्जीवी आचार्य, सानुमैया सिटौला, कमला तामाङ, सुन्तली तामाङ, सानो कान्छा तामाङ, कुमारी तामाङ, बालकुमारी तामाङ, सुनिता तामाङ र लक्ष्मी विक लगायतलाई चयन गरेका छन्।
उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापती लक्ष्मणराज थापा, महासमिति सदस्य तथा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, निवर्तमान वडा सभापती तथा वडा नं. ६ का वडाअध्यक्ष लाल बहादुर तामाङ र वडामा रहेका क्रियाशिल सदस्यहरुको उपस्थिती थियो ।
वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ ।










