होमपेज » समाचार » काठमाडौंका सीडीओको सरुवा

काठमाडौंका सीडीओको सरुवा

मंगलवार, २२ भाद्र २०७८, १३:५३

काठमाडौँ। गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ ।

 

गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर पराजुलीको ठाउमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको छ।

 

पराजुलीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।