होमपेज » समाचार » आज थप १ हजार ६४० जनामा कोरोना संक्रमित,१० को मृत्यु

आज थप १ हजार ६४० जनामा कोरोना संक्रमित,१० को मृत्यु

बुधबार, २३ भाद्र २०७८, १७:३६

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार बुधबार ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन् ।

 

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।