होमपेज » अन्तर्राष्ट्रिय » कूटनीतिक पहल गरेर रोकिएका नेपाली विद्यार्थीलाई जापान पठाउन शिक्षा मन्त्रालयलाई निर्देशन

कूटनीतिक पहल गरेर रोकिएका नेपाली विद्यार्थीलाई जापान पठाउन शिक्षा मन्त्रालयलाई निर्देशन

आईतवार, १० आश्विन २०७८, १५:४७

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर जापान पठाउन सरकारलाई निर्देशन दिएको छ ।

 

समितिका सभापति जयपुर घर्तीले ‘जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरुलाई जापान जाने वातावरण बनाउनका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिनु भएको हो।

 

करिब १३ हजार विद्यार्थीहरुले विभिन्न विद्यालयहरुमा पैसा बुझाईसकेका छन् । सीओई पनि पाईसकेको छन। केहिले भिसापनि पाईसकेका छन् तर जापान जान पाइराखेका छैनन्।

 

लामो समय देखि नेपालबाट रि -इन्ट्री भिसा भएकाहरुलाई जापान प्रबेशमा लगाएको रोक गत साताबाट हटाए संगै रोकिएका विद्यार्थीहरु पनि जापानजान पाउने केहि आश भने थपिएको छ।