टोकियो। जापानकी पूर्वराजकुमारी माको कोमुरो अमेरिका गएकी छन् । गत महिना मात्रै सर्वसाधारण प्रेमीसँग विवाह गरि दरबार त्यागेकी माको आइतबार बिहान पतिसँगै अमेरिका गएकी हुन् ।
आइतबार बिहान टोकियोको हानेदा विमानस्थलबाट माको र उनका पति केइ कोमुरो अमेरिका प्रस्थान गरेको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ । नवविवाहित जोडी न्युयोर्कमा एक अपार्टमेन्ट भाडामा लिएर बस्नेछन् ।










