होमपेज » अन्तर्राष्ट्रिय » मस्कोमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु २१ घाइते

मस्कोमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु २१ घाइते

आईतवार, १८ पुष २०७८, १४:२५

मस्को। मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५:४५ बजे (०२४५ GMT) दुर्घटना भएको बताएको छ।

 

“दुर्घटनाको परिणाम स्वरूप पाँच जनाको मृत्यु भयो भने २१ जना घाइते भए,” एजेन्सीले टेलिग्राममा उल्लेख गरेको छ ।
एजेन्सीका अनुसार बस रेलमार्गको पुलको पिलरमा ठोक्किएको हुन सक्छ।

 

दुर्घटना मस्कोबाट २७० किलोमिटर (१७० माइल) दक्षिणमा पर्ने भोस्लेबोभो गाउँ नजिकै राजमार्गमा भएको एजेन्सीले जनाएको छ।
अधिकारीहरुका अनुसार बसमा जम्मा ४९ जना यात्रु सवार थिए ।

रासस