होमपेज » अन्तर्राष्ट्रिय » चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

आईतवार, १८ पुष २०७८, १६:०२

बेइजिङ। चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ।

 

आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी छ।

 

-रासस