होमपेज » अन्तर्राष्ट्रिय » एकै दिन अमेरिकामा दश लाख ८० हजार कोभिड संक्रमित

एकै दिन अमेरिकामा दश लाख ८० हजार कोभिड संक्रमित

बुधबार, २१ पुष २०७८, १२:१५

अमेरिका । अमेरिकामा एकै दिन दश लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् ।

 

सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

 

संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ ।

-एजेन्सी