होमपेज » समाचार » तामाङ डाजाङको अध्यक्षमा फूलकुमार बम्जन पुनः निर्वाचित

तामाङ डाजाङको अध्यक्षमा फूलकुमार बम्जन पुनः निर्वाचित

आईतवार, २५ पुष २०७८, १७:२८

काठमाडौँ। तामाङ साहित्यिक संस्था तामाङ डाजाङको अध्यक्षमा फूलकुमार बम्जन पुनः निर्वाचित भएको छ । शनिबार बौद्धस्थित तामाङ भवनको सभाहलमा सम्पन्न संस्थाको ११ औं अधिवेशनले उनलाई अध्यक्षमा पुनः निर्वाचित गरिएको हो ।

 

डाजाङका संरक्षक एवं जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मणिकलाल घिसिङ (रामेछाप), सचिव निकिता वाइबा (रौतहट), सह–सचिव कबिराज काल्तान (काभ्रे), कोषध्यक्ष स्वयम्बर सिं घलान (सिन्धुली) र सदस्यहरुमा जङ्ग योन्जन (पाँचथर), तेज योन्जन (सिन्धुली), मनिषा लो (रामेछाप), वाङजुपासाङ तामाङ (धादिङ), मानकाजी पाख्रिन (सिन्धुपाल्चोक), निमाजोङ तामाङ (धादिङ), हिरामाया घिसिङ (काभ्रे), रचना मोक्तान (काभ्रे), शुभ तामाङ (सर्लाही), किशोरी कुमारी तामाङ ‘सन्ध्या सुस्केरा’ (रामेछाप), यन गरेका छन् । विधानले व्यवस्था गरिएको १७ सदस्यीय कार्यसमितिमा दुई जना सदस्य भने पछि कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।

 

अधिवेशनमा अतिथिहरुमा डाजाङका संरक्षक निमा ग्याम्छो बल, भाषाशास्त्री अमृत योञ्जन–तामाङ, वरिष्ठ तामाङ लोककायक चन्द्रकुमार मोक्तान, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, सैलङअनलाइनका अध्यक्ष श्याम योन्जन लामा र बेलायत निवासी समाजसेवी जीत पाख्रिनको उपस्थिति रहेको थियो । त्यसैगरी डाजाङका पूर्वअध्यक्षहरु इन्द्रकुमार तामाङ, बुद्ध योञ्जन र सञ्चु ब्लोनल, तामाङ साहित्यिक संस्थाहरु तामाङ सेमल्हेङ न्हानका अध्यक्ष मोतीलाल दोङ तामाङ, स्रष्टा समाजका अध्यक्ष ङेमा थाङ्पाल गोले र नाङसल क्लबका महासचिव रामबि लामा ‘लाग्र्युङ’को पनि उपस्थिति रहेको थियो ।

 

दुई दशक अघि स्थापित तामाङ साहित्यिक संस्था डाजाङले मासिक रुपमा साहित्यिक गोष्ठी सञ्चलनका तथा ‘तामाङ जाडाङ’ नामाक साहित्यिक मासिक निरन्तर प्रकाशन गर्दै आएको छ । डाजाङले तामाङ भाषामा ३२ भन्दा बढी पुस्तकहरु समेत प्रकाशनमा ल्याइएको छ ।