काठमाडौँ। पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गर्दा चार हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरि पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ४३५ जना सङ्क्रमणमुक्त भएका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ३४७ संक्रमित थपिए
उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।










