होमपेज » समाचार » आज थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु

आज थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु

सोमबार, ३ माघ २०७८, १७:०३

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।