होमपेज » समाचार » आज थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

आज थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिए

बुधबार, ५ माघ २०७८, १७:२२

काठमाडौँ। नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

त्यसैगरि पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

 

 

उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिए

 

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।