होमपेज » समाचार » गोली बोकेर जापान उड्न लागेकी नेपाली युवती विमानस्थलबाट पक्राउ

गोली बोकेर जापान उड्न लागेकी नेपाली युवती विमानस्थलबाट पक्राउ

सोमबार, २८ चैत्र २०७८, १३:५१

काठमाडौँ। गोली बोकेर जापान उड्न लागेकी एक युवती त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन् । तनहुँ घर भएकी सोविता नेपाली नाम गरेकी युवतीलाई आइतबार राती पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार उनि नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

 

भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो। लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।