होमपेज » शेयर बजार » भेटघाटकाे कारोबार शुरु

भेटघाटकाे कारोबार शुरु

बुधबार, १८ चैत्र २०७७, २३:२२

काठमाडौं बौद्धमा भेटघाट बचत तथा ऋण सहकारी संस्थाले कारोबार शुरु गरेको छ । बिहीबार बौद्धमा संस्थाको कार्यालय जापानका लागि पूर्वराजदुत डा. गणेश योञ्जन र धर्मगुरु जेचुनसाङ्गे खाण्डो रिन्पोछेले संयुक्त रुपमा उद्घाटन गरेको हो । उद्घाटन पूर्व रिन्पोछेले पुजापाठ समेत गरेको थियो ।

प्रमुख अतिथि योञ्जनले कार्यालयको उद्घाटन गर्दै नेपालमा सहकारी अभियान शुरु गर्दाको अनुभव सुनाए । १९७०/८० का समयमा सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको र कसैले पनि विश्वास समेत नगरेको अवस्था जानकारी गराउँदै अहिले एउटै घरमा २/३ वटासम्म सहकारी खुलेर कारोबार गर्दा सबैलाई थप टेवा पुग्ने बताए । अहिले नेपालमा सहकारी बैंक समेत खुलिसेकेको बताउदै त्यसको प्रमोटर स्तुपा सहकारी पनि रहेको बताए । योञ्जनले सहकारीको संस्थागत विकासमा आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यसैगरी जेचुन साङ्गे खाण्डो रिन्पोछेले कुनै पनि व्यवसाय सफलताको लागि संस्थाका पदाधिकारीहरुबीच राम्रो सहकार्य हुन आवश्यक रहेको बताए । त्यसमा समय नियम पालन गर्नु अति आवश्यक रहेको बताउँदै संस्थाको बृद्धि विकास र सफलताको शुभकामना समेत व्यक्त गरे ।

सहकारी संस्थाका अध्यक्ष रोविन कुमार लामाले स्थानीयस्तरमा छरिएर रहेका पुँजीलाई संकलन गरी सदस्यको आर्थिक, सामाजिक तथा व्यवसायिक स्तर उकास्ने प्रमुख लक्ष्य र उद्देश्यका साथ सहकारी स्थापना गरेको बताए ।

कार्यक्रममा संस्थाका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, शेयर सदस्य लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।