नागोया । नेपाली चलचित्र कबड्डी ४ : द फाइनल म्याच २०७९ जेठ १३ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा छ । दर्शकहरुको तीव्र पर्खाइमा रहेको यो चलचित्र नेपालबाहेक अन्य मुलुकहरुमा पनि प्रदर्शनको तयारीमा रहेको छ । नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानका विभिन्न शहरहरुमा ‘कबड्डी ४ : द फाइनल म्याच’ आगामी जुन ५ (जेठ २२) बाट प्रदर्शन हुन लागेको हो ।
दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बालगायत प्रमुख कलाकारहरुको अभियन रहेको यस चलचित्र कबड्डी चलचित्रको चौथो सिरिज हो । कबड्डी सन् २०१३ मा अधिक कमाउने नेपाली चलचित्र बनेको थियो ।
जापानको नागोयास्थित नाकामुरा कल्चरल सेन्टरमा आगामी २०२२ जुन ५ मा र मिएकेनको योक्काईची सिटी कल्चरल सेन्टरमा जुन ७ मा कबड्डी ४ प्रदर्शन हुने अन्तिम तयारी पुरा भइसकेको छ । अधिकाशं नेपालीको पर्खाइमा रहेको यो चलचित्रको अधिकाशं टिकट बिक्री भइसकेको र केही सीमित सिटहरु नेपाली दर्शकका लागि अझै पनि बा“की रहेको ओमबज्र इभेन्ट म्यानेजमेन्टका संयोजक पदम गुरुङले बताए ।
नागोयाको नाकामुरा कल्चरल सेन्टरमा चलचित्र हेर्न चाहने दर्शकले सासा युनिसेक्स सैलुन साकाए, सनलाईट रेस्टुरेन्ट ओसु, नमस्ते रेस्टुरेन्ट नागोया स्टेशन, देउराली दोहोरी साँझ साकाए, बिन्दुज कलेक्सन चुरुमाई, मालिका रेस्टुरेन्ट नागोया, तोकाई सुपर हलाल सप नागोया पोर्ट, लेकाली रेस्टुरेन्ट सिन सकाएमा टिकट पाउन सक्नेछन् ।
त्यसैगरी, मिएकेनको योक्काईजी सिटी कल्चरल सेन्टरमा चलचित्र हेर्न चाहने दर्शकले मितेरी नेपाली रेस्टुरेन्ट योक्काईची, हाम्रो किचेन योक्काईची, पोखरा रेस्टुरेन्ट योक्काइची, एसियन स्पाइस एण्ड हलाल सप योक्काईचीमा टिकट पाउन सक्नेछन् ।
कोभिड संक्रमणपछि पहिलो पटक जापानमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको हो ।











