नागोया। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज जापान (नेसाज) को संयुक्त आयोजनामा आउँदो १२ तारिख आईतवार नागोयामा पार्ट टाइम जब सम्बन्धि जानकारी मुलक कार्यक्रम आयोजना गरिने भएको छ।

कोभिड महामारीले गर्दा लामोसमयदेखि विदेशी नागरिकहरु प्रवेशमा प्रतिबन्ध लगाएको जापानले पछिल्लो समय कोरोना संक्रमणको दर न्यून भएपछि आफ्नो सिमा नाकाहरु खुकुलो बनाउदै प्रतिबन्धमा छुट दिएको छ। सिमा नाकाहरु खुकुलो पारिएसंगै करिव २ बर्षदेखि रोकिरहेका नेपाली विद्यार्थीहरु धमाधम जापान आउने क्रम चलिरहेको छ। दिनौ सयौको संख्यामा नेपाली विद्यार्थीहरु जापान प्रवेश गरेसंगै अहिले पार्ट टाइम जबको समस्या भएकोले बिशेष गरि नयाँ आउने विद्यार्थीहरुलाई मध्यनजर गरि यो जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको बताउछन् ,नेसाजको अध्यक्ष अजय राना।
यस जानकारी मुलक कार्यक्रममा जापानमै रहेका विभिन्न काम लगाउने कम्पनि (हाकेन खाईस्य) का प्रतिनिधिहरुको उपस्तिथीमा हाल प्रमुख समस्यामा रहेको पार्ट टाइम जब (आरुबाइतो सेचुमेइकाइ) सम्बन्धि विशेष परामर्श , जापान बसाईमा ध्यान दिनुपर्ने आधारभूत कुराहरु र नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत तथा अन्य जानकारी मुलक कार्यक्रमहरु गरिने बताएको छ।
कार्यक्रम बिद्यार्थीहरुलाई केन्द्रित गरि आयोजना गरेको र नागोयामा रहेका सम्पूर्ण नेपाली बिद्यार्थीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेका छन् ।











