काठमाडौं । नेपाली र्याप संगीतलाई उचाईमा पुर्याउन सफल भएका र्याप गायक अनिल अधिकारी अर्थात यम बुद्धको जन्म जयन्तीको अवसरमा (YB) फ्यान क्लब र यम बुद्ध फाउनण्डेशनले नयाँ जीवन नामक संस्थाद्वारा संरक्षित बालबालिकाहरुलाई सहयोग गरेको छ । वि.सं. २०४४ साल जेठ १६ गते मोरङमा जन्मिएका यमबुद्धले २०७३ माघ ४ गते आत्महत्या गरेका थिए ।

उक्त सहयोग कार्यक्रममा (YB) फ्यान क्लब र यम बुद्ध फाउन्डेसनका प्रतिनिधि, यमबुद्धका अनुयायी राहुल सिवाकोटी, नयाँ जीवन नेपालका अध्यक्ष राजन खनाल र उपाध्यक्ष धर्म तामाङलगायतको उपस्थिति रहेको थियो । साथै, उक्त कार्यक्रमको उच्च मूल्यांकन गर्दै आगामी कार्यक्रमका लागि एएनटीएफले ११ हजार रुपैयाँ सहयोग गरेको छ ।














