होमपेज » प्रवास » नेपाली युवा जापान प्रहरीबाट सम्मानित

नेपाली युवा जापान प्रहरीबाट सम्मानित

राम तामाङ
बुधबार, १ असार २०७९, ०९:३६

मिएकेन। जापानको मिएकेनको चु स्थित एक फेमिली मार्टमा काम गर्ने एक नेपाली युवा जापान प्रहरीबाट सम्मानित भएका छन्।

 

५ वर्षदेखि जापानको फेमिली मार्टमा तेन्चो (म्यानेजर) को रुपमा काम गर्दै आएका पेमा तामाङलाई फेमिली मार्टमा आएका एक ग्राहकलाई ठगिनबाट जोगिन मदत गरेकाले कदर पत्र सहित सम्मान गरेका हुन्।

 

केहि दिन अघि तामाङले काम गर्ने फेमिली मार्टमा विधुतिय गिफ्ट भौचर (गूगल पे) किन्न आएका ६५ वर्षीय वृद्धलाई ठगिनबाट जोगाएका थियो।

 

उक्त वृद्धको आफ्नो ल्यापटपमा भाईरस रहेकाले त्यसलाई मर्मत गर्न चाहन्थे । मर्मत गर्नको लागि  ९/१० मान जति लाग्छ भनेर फोनमा म्यासेज आएको र उक्त रकम गूगल पे बाट अघ्रिम भुक्तानी गर्न भनेका थिए। गूगल पे जस्ता अन्य विधुतिय गिफ्टहरुबारे खासै जानकारी नभएको र यसको प्रयोग कसरि गर्ने भन्ने भनेर उक्त वृद्धले तामाङलाई सोधेका थिए। त्यसपछि तामाङले शंका लागेर प्रहरीलाई खबर गरेको थियो ।