गायक विजय लामाले पछिल्लो म्युजिक भिडियो ‘तोङ्बाको तातोपानी’ ल्याएको छ । गीतको शब्द र संगीत प्रेम लामाको रहेका छन् भने स्वर स्वयं लामाकै रहेका छन् ।
गीतले भनिएको छ‚‘तोङ्बाभन्दा मनपर्यो कान्छीको राम्रो बानी ।’ योसँगै गीतमा माया पिरतीको भाव झल्किएको छ ।
विभोर पोखरेलद्वारा निर्देशित भिडियोमा सुमि मोक्तान, अभि लामा, अस्मिता योन्जन, समि श्रेष्ठ, नमिश योन्जन र टेकमान लामाको फिचरिङ रहेका छन् ।
अनिल मानन्धरको छायाङ्कन रहेको सो भिडियोलाई मोहित मुनालले एरेन्ज गरेका हुन्।









