होमपेज » हेडलाइन » बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

मंगलवार, ३१ श्रावण २०७९, १६:१९

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रकलाई स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ । उक्त क्षेत्रमा स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको थियो ।

 

बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो ।