होमपेज » हेडलाइन » नेपालमा १४ कोरोना संक्रमित थपिए

नेपालमा १४ कोरोना संक्रमित थपिए

मंगलवार, २९ कार्तिक २०७९, १७:२३

काठमाडौं । नेपालमा १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

आज थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९१ पुगेको छ । मंगलबार २० जना कोरोनामुक्त भएका छन् ।