होमपेज » राजनीति » कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली

कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली

रासस
आईतवार, २२ माघ २०७९, १२:२५

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

 

देउवाको राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशमशेर राणालगायतले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

 

पूर्वअर्थ सचिवसमेत रहनुभएका राणाको उपचारको क्रममा आज बिहान निधन भएको हो ।