होमपेज » समाचार » प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी चयन

प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी चयन

बुधबार, २५ माघ २०७९, १५:५३

हेटौँडा। नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी निर्वाचित भएका छन् ।

 

बुधवार चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

 

कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल, कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् ।