काठमाडौं । विगत एक वर्षदेखि व्यवसायीहरू बैङ्कको ज्यादतीविरुद्ध आन्दोलनमा रहे पनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैङ्क नै घेर्न पर्ने अवस्थ आएको छ । देशभरका उद्योग व्यवसायीहरूले बैंकविरुद्ध सडक सङ्घर्ष चर्काएका छन् । देशभरबाट ७० भन्दा बढी जिल्लाका उद्योग व्यवसायी, मजदुरहरू बैङ्क विरुद्धको आन्दोलनमा बालुवाटारमा जम्मा भएको छ ।
यस्तै गरी यातायात व्यवसायी सङ्घ, महासङ्घ, अटो व्यवसायी, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पर्यटन व्यवसायीहरू नाट्टाका प्रतिनिधि समेतको १२५ व्यवसायी सङ्घ÷सङ्गठनहरू आन्दोलनमा सहभागी भएको छ ।










