नागोया। जापानको मिएकेनको योक्काईचीमा दोस्रो सन्तोष मेमोरियल फुटसल कप प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

मिएकेनको योक्काईचीमा शनिबार भएको प्रतियोगितामा सिजुओका गाईजलाई ५ – १ ले हराउँदै योक्काईची फ्रेन्डसिपले उपाधि जितेको हो । विजेता टोलीले उपाधिसहित ५ लाख २२ हजार २ सय २२ यान प्राप्त गरे भने, त्यसै गरि उप विजेता सिजुओका गाईजले २ लाख ३२ हजार २ सय २२ जापानी यान प्राप्त गरे ।
त्यसै गरि आशिक गुरुङ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । उप -विजेता टोलीको बिशाल सुनार प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने भने विजेता टोलीका बिकाश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । विजेता टोलीकै सुभास सुनार म्यान अफ दी म्याच घोषित भए । बेस्ट डिफेन्डर सुब्बा श्रेष्ठ र फेयर प्ले नागोया नेप्लिजले हात पारेको थियो।

योक्काईची फ्रेन्डसिप क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा जापानभरको २२ टोलीको सहभागिता रहेको थियो ।
स्मरण रहोस गत वर्ष जापानको योक्काईचीमा ज्यान गुमाएका नेपाली युवा सन्तोष खड्काको सम्झनामा गत वर्षदेखिनै क्लबले सन्तोष मेमोरियल फुटसल कपको आयोजना गरिदै आएको छ । गत वर्ष काभ्रेली समाज जापानले उपाधि चुम्न सफल भएको थियो।










