होमपेज » स्वास्थ्य-जीवनशैली » भारतबाट फर्केका १२ जनालाई कोरोना

भारतबाट फर्केका १२ जनालाई कोरोना

बिहीबार, १९ चैत्र २०७७, ००:०६

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट फर्किएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका-३ का ३४ वर्षीय पुरुष, सोही वडाका ३० वर्षीया महिला र वडा नं. २ का ३० वर्षीय पुरुष रहेको श्रेष्ठले बताए ।

त्यसैगरी भारतबाट आएका धनगढी-१ का ३० वर्षीया महिला, डोटीको केआई सिङ गाउँपालिका-६ का ५८ वर्षीया पुरुष, कञ्चनपुर शुक्लाफाँटा-११ का २२ वर्षीया पुरुष र कृष्णपुर-६ का २२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।