होमपेज » समाचार » सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच समझदारी

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच समझदारी

मंगलवार, २९ जेष्ठ २०८१, १४:५७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटल रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १०५ सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।