होमपेज » अन्तर्राष्ट्रिय » दोहा वार्तामा अफगानिस्तान सहभागी हुने

दोहा वार्तामा अफगानिस्तान सहभागी हुने

एएफपी
आईतवार, २ असार २०८१, १७:०१

दोहा। कतारको राजधानी दोहामा हुने अफगानिस्तानसम्बन्धी तेस्रो चरणको वार्तामा तालिवान अधिकारीहरू सहभागी हुनेभएका छन् ।

 

 

संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको अफगानिस्तानका लागि विशेष दूतहरूको दुई दिने सम्मेलनमा तालिवान अधिकारीहरूको सहभागिता र पहिलो चरणमा समावेश नभएपछि र त्यसपछि फेब्रुअरीमा दोस्रो चरणको निमन्त्रणा अस्वीकार गरेपछि उनीहरूको सहभागितामाथि शङ्का गरिएको थियो ।

 

 

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जुन ३० देखि सुरु हुने वार्ताबारे आइतबार एएफपीसँग भन्नुभयो, “अफगानिस्तान (इस्लामिक इमिरेट्स)को एक प्रतिनिधिमण्डलले आगामी दोहा सम्मेलनमा भाग लिई आफ्नो धारण व्यक्त गर्नेछन् ।”