होमपेज » समाचार » जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, साउन २० गते भोटो देखाइने

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, साउन २० गते भोटो देखाइने

शुक्रबार, १८ श्रावण २०८१, ०५:१४

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर २०८१ साउन १७ गते जावलाखेल पु¥याइएको छ ।

 

 

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई साउन १७ गते जावलाखेल पु¥याइएको हो ।

 

 

शुभ साइतअनुसार साउन १७ गते लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले विहीबार रथलाई जावलाखोल पु¥याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिनुभयो । उहाँको अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पु¥याएको चार दिनमा भोटो देखाइन्छ ।

 

 

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पु¥याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले २०८१ साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।

 

 

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पु¥याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।