होमपेज » अन्तर्राष्ट्रिय » म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी सुरुवात

म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी सुरुवात

न्युज कारखाना
सोमबार, ३ भाद्र २०८१, ०७:४३

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

 

 

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

 

 

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक एक गोल गरेका थिए । हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।

 

 

यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनको सुरुवात गरेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।