होमपेज » हेडलाइन » नागोयामा चलचित्र ‘१२ गाउँ’ प्रदर्शन हुदै

नागोयामा चलचित्र ‘१२ गाउँ’ प्रदर्शन हुदै

बिहीबार, १ कार्तिक २०८१, १०:०६

नागोया। नेपाली कथानक चलचित्र ‘१२ गाउँ’ जापानको नागोयामा रिलिज हुने भएको छ । नौटंकी नागोयाको टिमले नागोयाको मिडल्याण्ड स्क्वायरमा आगामी अक्टोबर २० तारिख चलचित्रलाई प्रदर्शन गर्न लागिएको हो।

 

 

 

सामाजिक यथार्थलाई फिक्सनसँग जोडेर एक्सन जनरामा बनाइएको चलचित्र नेपालमा फूलपातीको दिनबाट रिलिजमा आएको हो। चलचित्रले नेपालमा बक्स अफिसमा आक्रामक रुपमा कमाइ गरिरहेको छ ।

 

 

 

विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतीमा निर्माण भएको चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्। फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

 

 

 

चलचित्र ‘१२ गाउँ’ जापानको नागोया लगायत अन्य २० शहरहरुमा प्रदर्शन हुनेछ।