होमपेज » हेडलाइन » जापानको नागोयामा ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन नागोया ’ हुने 

जापानको नागोयामा ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन नागोया ’ हुने 

बिहीबार, २९ कार्तिक २०८१, १७:१३

नागोया। जापानको नागोयामा ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन नागोया ’ हुने भएको छ । आगामी डिसेम्बर ५ तारिखमा ‘युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनले आफ्नो एस्टर्स ब्यान्डसहित नागोयाको शिन – सकाएस्थित डाइमण्ड हलमा प्रस्तुति दिनेछन् । उक्त कार्यक्रममा स्वप्न सुमनले आफ्ना ब्यान्डसहित आफ्नो लोकप्रिय गीतहरु नागोयाका दर्शकमाझ पस्कनेछन्।

 

 

 

RHYTHAM NEPAL को आयोजनामा हुने कार्यक्रममा ३५,०० जापानी येनदेखि १०,००० सम्मको टिकट मूल्य रहेको छ । हालसम्म आधा भन्दा बढी टिकट बिक्री भईसकेको कार्यक्रमका संयोजक नरेश राइले जानकारी दिए। टिकटका लागि पोस्टरमा तल दिएका नम्बरका व्यक्तिहरु र नागोयाको विभिन्न रेस्टुरेन्ट, हलाल शपहरुमा सम्पर्क गर्न सकिने बताए। साथै बेलैमा आफ्नो टिकट सुरक्षित गर्न समेत अनुरोध गरेका छन्।

 

 

 

दर्जनौ गीतहरु बजारमा ल्याइसकेका गायक स्वप्न सुमनका पछिल्लो समय जे छाउ तिमि, नियाली हेरा हिट गीतहरु हुन् भने, जुनेली रातमा, मायालु, कहाँ मा जाउँ, कसरि भनु र बाचा भयो जस्ता गीतहरु दर्शकहरुले अत्यन्तै मन पराएका गीतहरु हुन् ।