नागोया। सुदूरपश्चिम नेपाली समाज (तोकाई) नागोया जापानले रक्तदान कार्यक्रम आयोजना गरेको छ। आगामी डिसेम्बर २२ तारिख आईतबारका दिन नागोयाको सकाएमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको समाजका उपाध्यक्ष कुल रावलले बताए।

उपाध्यक्ष रावलका अनुसार उक्त रक्तदान कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने, साथै सबै सहभागीहरुलाई सर्टिफिकेट प्रदान गरिनेछ। उपाध्यक्ष रावलले सम्पूर्ण नागोयाबासिहरुलाई सहभागी हुन अनुरोध समेत गरेका छन्।

सुदूरपश्चिम नेपाली समाज (तोकाई) जापान ,अध्ययन र रोजगारीको सिलशिलामा जापानमा रहेका सुदूरपश्चिमिलेहरुको समुहले केहि समय अघि मात्रै गठन भएको संस्था हो। आगामी दिनहरुमा संस्थाले विभिन्न खेलकुद तथा अन्य सामाजिक कार्यक्रमसमेत आयोजना गरिने पनि बताएका छन् ।










