होमपेज » हेडलाइन » नेपाल तामाङ समाज च्युबु, मिए क्षेत्रीय समिति जापानले ‘बृहत ल्होछार सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने 

नेपाल तामाङ समाज च्युबु, मिए क्षेत्रीय समिति जापानले ‘बृहत ल्होछार सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने 

राम तामाङ
शुक्रबार, ११ माघ २०८१, ०८:३४

नागोया। नेपाल तामाङ समाज जापान च्युबू, मिए क्षेत्रीय समिति जापानले सोनाम ल्होछार विशेष ,सांस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । समाजले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´ को विशेष अवसर पारेर फेब्रुअरी १५ तारीख ल्होछार साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

 

 

पछिल्लो समय अध्ययन र रोजगारीका लागि जापान आउने नेपालीको संख्या ठूलो रहेको छ । नेपालीहरुको बाक्लो उपस्थिति रहेको नागोयाको सकाएस्थित क्लब उतागेमा तामाङ समुदायको प्रतिनिधित्व गर्दै विदेशमा रहेका तामाङ समुदायहरुलाई एकताबद्ध गर्ने, आफ्नो संस्कृतिलाई विश्वमा चिनाउने, नेपालीहरुलाई अपनत्व गराउने र यस पर्वको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २८६१, डुल सा पुख्री ल्हो´ भव्य रुपमा मनाउने तयारी गरेको हो ।

 

 

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित गायक तथा संगीतकार विश्व दोङ्ग, सेलो तथा म्हेन्दोमाया गायिका रेश्मा बोम्जन, मोडल यंगी दोङ्ग र साथै स्थानीय कलाकारहरु सरोज लामा, सपना तामाङ, सोनाम रुम्बा र एलिना योञ्जन लगायतको प्रस्तुति रहेनछन् ।

 

 

बिगतमा वर्षझैँ यस वर्ष पनि निरन्तरता दिनको लागि समाजले कार्यक्रम गर्न लागिएको र यो कार्यक्रमलाई सबैजना मिलि सफल पार्नका लागि समाजका अध्यक्ष हरि दोङ्ग तामाङले अनुरोध गरेका छन्।