नागोया। नागोयाको चर्चित क्लब टि – टु मा चर्चित नेपाली र्यापर नोबल बस्नेत (जेम्सी) लाइभ ईन् नागोया हुने भएको छ। नेपालीहरुको बाक्लो उपस्थिति रहेको नागोयामा आउँदो फेब्रुअरी २४ तारिख क्लब टि – टु मा र्यापर जेम्सीले आफ्नो प्रस्तुति दिने छ।

आयोजक सचिन गौतमका अनुसार भीआईपी टिकटलाई २०,००० येन, डोर टिकटलाई ५,००० येन, अर्लीबर्ड टिकटलाई ३,५०० येन र भीआईपी टिकटलाई र्यापर जेम्सीसंगै पर्पल हेजमा डिनरको समेत व्यवस्था रहेको बताए।
र्यापर जेम्सीको RAUSI LAAYO, AMASTERDAM , RONDO ,JHOLA MA JHAPS , SANKI लगायत दर्जनौ गीतहरु युवा पुस्तामाझ चर्चित छन्। पछिल्लो समय देश – विदेशको कार्यक्रममा र्यापर जेम्सीको उच्च माग छ।
नागोया लगायत जापानको विभिन्न सहरहरुमा र्यापर जेम्सीको प्रस्तुति रहने छ।










