होमपेज » हेडलाइन » जापानको नागोयामा चम्केका नेपाली युट्युबर

जापानको नागोयामा चम्केका नेपाली युट्युबर

शनिबार, ३ फाल्गुन २०८१, २०:१६

नागोया, जापान । जापानको नागोयामा बसेर रमाइलो भिडियो बनाउँदै युट्युब च्यानल चलाउँदै आएका नेपाली युवक सचिन गौतमको युट्युब च्यानलको सब्सक्राइबर १ लाख पुगेका छन् ।

Lit Sachin Vlogs च्यानल बनाएर जापानमा चर्चित बनेका गौतम नागोया जापानमा १ लाख सब्सक्राइबर पुग्ने पहिलो नेपाली युट्युबर हुन् ।


उनले आजभन्दा ४ वर्ष अगाडिदेखि रमाइलोको लागि युट्युबमा भ्लग बनाउन थालेका थिए । हिम्मत नहारेर नियमित सुधार गर्दै आफु अगाडि बढेका कारण आफुले दर्शकहरुले यति माया दिएको सचिन बताउँछन् ।

 

सुरुमा रमाइलोको लागि बनाइएका भ्लगहरू अहिले नेपाली डायस्पोरामा परिचित नाम बनेका छन् । इभेन्ट कभर, लाइफस्टाइल, मनोरञ्जन र जापानको जीवनशैली सम्बन्धी भिडियोहरु बनाउँदै आएको Lit Sachin Vlogs ले हजारौं दर्शकहरूको मन जित्न सफल भएका छ ।


यसै उपलब्धीलाई मनाउनका लागि आगामी फेब्रुअरी २४ मा नायोगा क्लबमा Jamesy Live in Nagoya सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको छ । च्यानलले ठूला प्रोजेक्ट, रोचक सामग्री र अन्य नयाँ सहकार्य पनि गर्नेछ । गौतम भन्छन्, ‘यो सफलता मेरो मात्र होइन, हरेक एकजना दर्शक, समर्थक र शुभचिन्तकहरूको माया र सफलता हो । मैले Lit Sachin Vlogs लाई माया गर्नुहुने सबै दर्शक तथा सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’


सम्बन्धित समाचारहरु