नागोया । जापानको नागोयामा स्माईल मोबाईल रेमिट्यान्स गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।
आगामी मार्च ९ तारिख आईतबार आईचिकेनको टोयोटास्थित यूवि टोकाई फुटसल ग्राउन्डमा फुटवल कप प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
‘ PRIDE FOR NATION ‘ भन्ने मूल नाराका साथ अखिल नेपाल ( ANFA) संगको समन्वयमा धरान एफसि नागोयाको आयोजना र रेमिट्यान्स क्षेत्रकै पहिलो र एक मात्र (Good Design Award – २०२१) जित्न सफल स्माईल मोबाईल रेमिट्यान्सको टाईटल स्पोन्सरमा हुन लागिएको प्रतियोगितामा जापान भरका २० टिम सहभागी हुनेछ।
प्रतियोगितामा बिजेताले ४ लाख १४ हजार १ सय ४१ जापानी येन पाउनेछन्, भने उपबिजेताले २ लाख १२ हजार १ सय २१ जापानी येन प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई ट्रफि र प्रमाण पत्र समेत प्रदान गरिनेछ।
प्रतियोगितालाई थप आकर्षण गर्नको लागि सिनियर खेलाडीहरुलाई सम्मान स्वरूप भेटेरान फुटवल खेल पनि खेलाईने आयोजकले बताए। संयोजक मिलन तामाङका अनुसार प्रतियोगितामा भाग लिने टिमका लागि ५०,००० हजार जापानी येन शुल्क तोकिएको र यो प्रतियोगिताले प्रवाशमा विभिन्न सिलसिलामा रहेका सम्पूर्ण नेपालीहरुको बिचमा आपसी मेलमिलाप, भाईचारा र सद्भाव कायम हुने पनि विश्वास रहेको संयोजक तामाङले बताए, साथै आगामी दिनहरुमा धरान एफसि नागोयाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहने पनि बताए।











