होमपेज » समाचार » चन्द्रागिरि ८ भकुण्डे चौरस्थित चप्पल कारखानामा आगलागी, क्षतिको विवरण आउन बाँकी

चन्द्रागिरि ८ भकुण्डे चौरस्थित चप्पल कारखानामा आगलागी, क्षतिको विवरण आउन बाँकी

आईतवार, २५ जेष्ठ २०८२, १७:०२

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ भकुण्डे चौरस्थित आकाश फुटवयरले संचालन गरेको चप्पल कारखानामा आगलागी भएको छ ।

 

विहान करिब १० बजेतिर लागेको आगो चन्द्रागिरि नगरपालिका, शसस्त्र प्रहरी र महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट चप्पल बनाउने २ वटा मेसिन पूर्णरुपमा क्षति भएको र सँगै रहेको सर्वसाधारणको टहरो पूर्णरुपमा क्षति भएको छ ।

 

चप्पल बनाउन प्रयोग हुने २ वटा मेसिनमा अत्याधिक तापक्रम बढेपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थानकोट प्रहरी वृत्तकी प्रहरी नायब उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो । उहाँले के कति क्षति भयो त्यसको विवरण लिने काम भइरहेको उल्लेख गर्नुभयो ।

 

वडा सदस्य रत्नलाल महर्जनले स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चन्द्रागिरि नगरपालिकाका नगप्रहरीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिएको बताउनु भयो ।

OUR News Crew बाट….