होमपेज » समाचार » दुर्गा प्रसाईँ सहित सात जना पुर्पक्षका लागि थुनामा

दुर्गा प्रसाईँ सहित सात जना पुर्पक्षका लागि थुनामा

शुक्रबार, ३० जेष्ठ २०८२, ११:३३

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

 

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । (रासस)