नागोया । जापानको आईचिकेनको टोयोटास्थित UB Tokai Futsal Club मा “1st Inter Tokai Dashain Tihar Cup 2025” प्रतियोगिता आईतबार भब्य रुपमा सम्पन्न भएको छ ।

आईतबार भएको प्रतियोगितामा Shizuoka United Black लाई ३ – १ ले हराउँदै NNFC A ले उपाधि जितेको हो । विजेता टोलीले उपाधिसहित २ लाख यान ट्रफी प्राप्त गरे भने, त्यसै गरि उप -विजेता Shizuoka United black ले १ लाख यान सहित ट्रफी प्राप्त गरे । तेस्रो स्थानमा Khukuri FC Nagoya White ले ट्रफी प्राप्त गर्न सफल भयो।

त्यसै गरि प्रदीप श्रेष्ठ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिताको तेस्रो स्थानका सुरज गुरुङ प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने भने, उप -विजेता टोलीको विष्णु केसी उत्कृष्ट गोलकिपर चुनिए । विजेता टोलीकै सुमन तामु बेस्ट डिफेन्डर घोषित भए ।
नेपालीहरुको महान चाड दशैं र तिहारको अवसरमा तोकाईमा रहेका नेपालीहरु बीच एकता, मित्रता र खेलभावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले (Okazaki Brothers FC ) ले आयोजना गरेको उक्त प्रतियोगितामा आईचिकेन (तोकाई) भरिका २३ टोलीको सहभागिता रहेको थियो ।










