होमपेज » समाचार » एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

आईतवार, २३ कार्तिक २०८२, १८:५८

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ ।

 

सुदूरपश्चिमले आइतबार धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो । गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट (सोमबार) सम्म चल्नेछ ।