काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ‘साओमी १७ अल्ट्रा’को प्रि–अर्डर नेपालमा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ। आकर्षक डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका कारण यो डिभाइस आफ्नो श्रेणीमा लोकप्रिय मानिन्छ।
कम्पनीका अनुसार प्रि–अर्डर अवधिमा ग्राहकहरूले १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्ट खरिद गर्दा तीन विशेष अफरमध्ये एक रोज्न सक्नेछन्। जसअनुसार ग्राहकले रु १० हजार नगद क्यासब्याक, साओमी वाच एस ४ (४१ एमएम) सहुलियत मूल्य रु २४,९९९ (सामान्य मूल्य रु ३९,९९९) मा, वा साओमी बड्स ५ निःशुल्क प्राप्त गर्न सक्नेछन्।
साथै, खरिदकर्ताले बिक्रीपछिका थप सुविधाहरू पनि पाउनेछन्। फोन किनेको पहिलो ६ महिनाभित्र एक पटक निःशुल्क स्क्रिन प्रतिस्थापन सुविधा उपलब्ध हुनेछ। नियमित १२ महिनाको वारेन्टीमा थप ६ महिना जोडेर कुल १८ महिनाको वारेन्टी दिइनेछ भने वारेन्टी अवधि समाप्त भएपछि पनि २४ महिनासम्म मर्मत सेवामा सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट गरी तीन आकर्षक रङमा उपलब्ध छ। यो फोन पातलो र हल्का डिजाइनका कारण लामो समयसम्म प्रयोग गर्दा पनि सहज अनुभव दिने बताइएको छ। लाइका (Leica) सँगको सहकार्यमा विकसित क्यामेरा प्रणालीले उत्कृष्ट फोटो तथा भिडियो खिच्न सक्षम रहेको कम्पनीको दाबी छ।
यसमा फ्ल्यागशिप स्तरको लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरा, नयाँ लाइट फ्युजन १०५०L इमेज सेन्सर तथा लो–लाइट एचडीआर प्रविधि प्रयोग गरिएको छ। साथै, २०० मेगापिक्सेल टेलिफोटो क्यामेरा र ७५–१०० एमएम मेकानिकल अप्टिकल जुमको सुविधा रहेको छ।
फोनमा ६००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्दछ। यसले लामो समयसम्म टिकाउ प्रदर्शन दिने विश्वास गरिएको छ।
साथै, आईपी६८ स्तरको वाटर तथा डस्ट रेसिस्टेन्स, साओमी शिल्ड ग्लास ३.० सुरक्षा र ३५०० निटसम्मको पीक ब्राइटनेसले डिभाइसलाई अझ मजबुत र प्रयोगमैत्री बनाएको छ।
साओमी १७ अल्ट्रा (१६ जीबी + ५१२ जीबी) को मूल्य नेपाली बजारमा रु १ लाख ९९ हजार ९ सय ९९ तोकिएको छ। कम्पनीका अनुसार प्रि–अर्डर अफर मार्च २५ देखि ३१ सम्म मात्र लागू हुने छ।










