होमपेज » आर्थिक » सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

शुक्रबार, १३ चैत्र २०८२, १२:००

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २० हजार कित्ता संस्थापक समूहअन्तर्गतका शेयर बिक्रीमा राखेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र खुला गरिएको हो। इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको प्रक्रिया अनुसार आवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन एनआईसी एसिया क्यापिटल लिमिटेड, थापाथली (काठमाडौं) स्थित शेयर रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्नेछ। यसका लागि कम्पनीले ३५ दिनको समयावधि उपलब्ध गराएको जनाएको छ।

निर्धारित समयसीमाभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।