होमपेज » प्रवास » नेपाल तामाङ समाज, क्षेत्रीय समिति ओकिनावाको अध्यक्षमा रमेश कुमार तामाङ चयन

नेपाल तामाङ समाज, क्षेत्रीय समिति ओकिनावाको अध्यक्षमा रमेश कुमार तामाङ चयन

बिहीबार, १७ बैशाख २०८३, १६:३१

ओकिनावा। नेपाल तामाङ समाज जापान, क्षेत्रीय समिति ओकिनावाको चौथो अधिवेशन सम्पन्न भएको छ।

 

 

 

जापानको ओकिनावा स्थित नहासहरको हलमा सोमबार सम्पन्न अधिवेशनबाट रमेश कुमार तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।

 

 

 

कार्यसमितिको उपाध्यक्षमा एभरेष्ट लामा, साम्स तामाङ, राजेश लामा र सोना लामा चयन भएका छन् । सचिवमा कुनसाङ योञ्जन र सह -सचिवमामा बुद्धि तामाङ र सुरेन्द्र लो तामाङ रहेका छन्।

 

 

यसैगरी कोषाध्यक्षमा रंजित तामाङ, सह-कोषाध्यक्षमा बिपना लामा र ललित लामा रहेका छन् । सदस्यहरुमा कुनसाङ तामाङ, सागर तामाङ, रबिन लामा, उमेश लामा, सोम बहादुर तामाङ र अरुण तामाङ (घिसिङ्ग) चयन भएका छन् ।

 

 

 

नेपाल तामाङ समाज जापानको जापानभर ७ वटा क्षेत्रीय समितिहरु छन् जसमा कान्साई क्षेत्रीय समिति, किताकान्तो क्षेत्रीय समिति, क्युशु क्षेत्रीय समिति र ओकिनावा लगायत क्षेत्रहरुमा अधिवेशन सम्पन्न भईसकेको छ, भने अन्य बाँकि क्षेत्रहरुमा पनि चाडै अधिवेशन सम्पन्न हुदैछ।