होमपेज » आर्थिक » माउन्ट एभरेष्ट पावरको आइपीओ भर्ने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आइपीओ भर्ने आज अन्तिम दिन

बिहीबार, ३१ बैशाख २०८३, ११:२८

काठमाडौं । Mount Everest Power Development ले आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको प्राथमिक शेयर (आइपीओ) मा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले वैशाख १७ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय र विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आइपीओ निष्कासन गरेको हो। आयोजना प्रभावित स्थानीयले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि वैशाख २३ गतेसम्म खुला गरिएको थियो।

कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँबराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको छ। तीमध्ये ८ करोड ६० लाख रुपैयाँबराबरको ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याइएको छ।

स्थानीयवासीका लागि छुट्याइएको शेयरमध्ये ३ लाख ४४ हजार कित्ता शेयर Solududhkunda Municipality वडा नम्बर १ र २ का अतिप्रभावित स्थानीयका लागि छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार कित्ता शेयर सोही नगरपालिकाका वडा नम्बर १ र २ बाहेकका अन्य प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

यस आइपीओमा स्थानीयवासीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन Machhapuchchhre Bank, Nepal Bank, Prabhu Bank तथा NMB Bank का सल्लेरी शाखाबाट दिन सकिने व्यवस्था गरिएको छ। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा CDSC को ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक NIMB Ace Capital रहेको छ।